क्रिसमस डेले राष्ट्रिय एकतालाई थप बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले ‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप बलियो बनाउन योगदान पुराउने विश्वास व्यक्त गरेका छन् ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा शुभकामना व्यक्त गर्दै उनले यस्ता वर्षहरूले विभिन्न जातजाति र समुदायको आफ्नो मौलिक सांस्कृतिक र परम्पराको संरक्षण संवर्द्धन गर्ने बताएका हुन् ।
‘यस्ता वर्षहरूले विभिन्न जातजाति र समुदायको आफ्नो मौलिक सांस्कृतिक र परम्पराको संरक्षण संवर्द्धन र विकासमा टेवा पुराउनुका साथै सामाजिक सद्भाव सहिष्णुता र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउन योगदान पुराउने छ ’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
उनले नेपालीहरुबीच आपसी विश्वास प्रेम र एकतालाई प्रगाढ बनाउँदै मुलुकको संवृद्धि र विकासमा अग्रसर हुने विश्वास पनि व्यक्त गरेका छन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
प्रतिक्रिया