कञ्चनपुरमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते
कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । भीमदत्त नगरपालिका–५ बनगाउ साइपन नजिक भाइरल रोडबाट महेन्द्रनगर बजार तर्फ आउँदै गरेको स्कुटरलाई ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालक स्थानीय राहुल तिरुवा र स्कुटरको पछाडि सवार भीमदत्त नगरपालिका– १४ बनकट्टी बस्ने १७ वर्षकी बिपना जोशी घाइते भएका हुन ।
घाइते दुवै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सुदूरपश्चिम प्रदेश ०२९००४ प ६५८९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले बुधवार ठक्कर दिएको थियो ।
ठक्कर दिएको ट्याक्टर फरार भएको छ । फरार रहेका ट्याक्टर र चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया