नवजिवन अस्पतालमा थपिए हर्मोन विशेषज्ञ सहित तिन सेवा, गाइनोमा पनि थप जनशक्ती

  बिहिबार १९, बैशाख २०८२ १३:२०

धनगढी । धनगढीमा रहेको नवजिवन अस्पतालले आफ्ना सेवा बिस्तार गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको अस्पतालले हर्मोन रोग विशेषज्ञ सहित सेवा बिस्तार गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र खडायतका अनुसार नवजिवन अस्पतालमा हर्मोन रोग बिषेशज्ञ सहित मनोरोग बिशेषज्ञ, नाक, कान तथा घाँटी सम्बन्धी समेत बिशेषज्ञ सेवा थप गरिएको बताए । 

यसका साथै नेपाल सरकारको आमा शुरक्षा कार्यक्रममा आबद्ध नवजिवन अस्पतालमा लामो समयदेखी सञ्चालित प्रस्तुती सेवालाई समेत प्रभावकारी बनाइएको उनले बताए ।

एन्डोक्राइनोलोजिस्ट (हर्मोन रोग विशेषज्ञ) डा.कृष्ण ऐरीले नवजिवन अस्पतालमा पुर्ण समय सेवा दिन थालेका हुन् । उनले हर्मोन सम्बन्धी समस्याहरुको पहिचान, परीक्षण र उपचार नवजिवन अस्पतालमै गरिने बताए । शरीरको ग्रन्थिहरू (जस्तै थाइराइड, पिट्युटरी, एड्रिनल, प्यान्क्रियाज आदि) बाट उत्पादन हुने हर्मोनहरूको असन्तुलनका कारण हुने रोगहरुको सहजै उपचार हुने बताइएको छ ।

यस्ता छन् डा.ऐरीले दिने सेवा:
सामान्य एन्डोक्राइन रोगहरू र तिनीहरुको उपचारः
सुगर (मधुमेह जांच, उपचार तथा व्यवस्थापन)
गर्भकालीन मधुमेह (सुगर) GDM
इन्सुलिन वा अन्य चिनी घटाउने औषधी प्रयोग
खानपान र जीवनशैलीको सल्लाह
पाराथाईराइड ग्रन्थिको रोग
थाईराईड (हाईपो, हाईपरथाईराईड जांच, उपचार तथा व्यवस्थापन)
थाईराईड गांठो (घांटीमा गाण अथवा गांठो देखापर्नु, स्वर परिवर्तन हुनु, निल्न गाह्रो महसुस हुन्, शल्यक्रिया (सर्जरी) सम्वन्धी परामर्श
महिलाहरुको महीनावारी गडवडीहुन्, अनुहार अथवा शरिरमा अनावश्यक रौं आउनु, असामान्य रुपमा तौल बढ्नु वा घट्नु
बालबालिकामा उमेरअनुसार उचाई नबढ्ने समस्या
हर्मोनको असन्तुलन (जस्तै टेस्टोस्टेरोन वा इस्ट्रोजन कम हुनु)
मोटोपना
कुशिङ सिन्ड्रोमः शरिरमा अत्यधिक कोर्टिजोल हार्मोनको कारणले हुने रोग तौल बढ्नु (मुख र पेटमा), अनुहार फुल्नु, छाला पातलो हुनु, उच्च रक्तचाप र मधुमेह
हर्मोन प्रतिस्थापन
एड्रिनल वा पिट्युटरी ग्रन्थिका रोगहरु
प्रोल्याक्टीन हार्मेनका मात्रा बढ्दा स्तनबाट अनावस्यक दुध आउने समस्या जुन गर्भवती नभएको अवस्थामा देखिन्छ ।
ओस्टियोपोरोसिस (हइडीहरु पात्ला र कमजोर भई सजिलै भाचीने अवस्था)
भिटामिन डि कमी चेक जांच तथा व्यवस्थापन
औषधीजन्य कुशिङ सिन्ड्रोमः लामो समयसम्म स्टेरोइड औषधि प्रयोग गर्दा हुने कुशिङ सिन्ड्रोमको जांच, उपचार र दीर्घकालीन व्यवस्थापन ।

Open photo

नवजिवन अस्पतालमा मानसिक रोग सम्बन्धी समेत सेवा बिगत दुई महिना देखी सञ्चालित छ । डा.अनुप देवकोटाले मानसिक स्वास्थ्य सेवा दिइरहेका छन् । लागू औषध वा मदिरा लत भएका बिरामीलाई विशेष कार्यक्रममार्फत उपचार अस्पतालले उपचार सेवा दिइरहेको छ । डा. देवकोटाका अनुसार आत्महत्या प्रयास, हिंसक व्यवहार, भ्रम÷मतिभ्रम भएका केसहरूमा तुरुन्त सेवा दिइन्छ ।
अत्यधिक तनाव, चिन्ता वा निराशा
निद्रा नलाग्ने, मन नलाग्ने, डर लाग्ने
आफैलाई वा अरुलाई हानी पुर्याउने सोच (जस्तैः आत्महत्य गर्न मन लाग्ने अथवा अरुलाई मार्न वा क्षती पुर्याउन मन जाने आदी) लागूपदार्थको लत
बालबालिकामा असामान्य व्यवहार (जस्तैः धेरै चकचक गर्ने, एकान्त मनपराउने, टोलाएर बस्ने, झर्किने, पढ्न मन नगर्ने, नियमित रुपमा विस्तारामा पिसाव फेर्ने आदी) समस्या देखिए एक पटक चिकित्सकको सम्पर्कमा आउन अस्पतालले सुझाव दिएको छ ।

यस्तै नवजिवन अस्पतालमा नाक, कान तथा घाँटी सम्बन्धी समेत बिशेषज्ञ सेवा सञ्चालित छ । बिशेषज्ञ डा. इन्द्र उपाध्यायले (कान, नाक र घाँटी) रोग सम्बन्धी विशेषज्ञ सेवा दिइरहेका छन् ।
सुन्न नसक्ने, कान दुख्ने, कानबाट पानी आउनु, चक्कर आउनु –कानभित्र आवाज गुञ्जिनु जस्ता समस्या आए चिकित्सक कहाँ आउन उनले आग्रह गरेका छन् । यस्तै नाक सम्बन्धि सास फेर्न गारो हुनु, नाकबाट पानी बग्नु, एलर्जी, साइनोसाइटिस, नाकबाट रगत आउनु, गन्ध थाहा नपाउनु, टाउको दुख्नु समस्या आए उपचारका लागी आउन अस्पतालले सुझाएको छ ।

घाँटी सम्बन्धी समस्याहरु घाँटी दुख्ने, आवाज बस्नु, निगल्न गारो हुनु, स्वर धोत्रोहुनु, घाँटीमा केही चिज अडकिन, टन्सिलको समस्याहरु देखिए उपचार सेवा लिन चिकित्सकले सुझाव दिएका छन् ।

यसका साथै अस्पतालले प्रस्तुती सेवालाई समेत प्रभावकारी बनाउन जनशक्ती थप गरेको छ । बिरामीको चाप बढ्दै गएपछि प्रस्तुती बिशेषज्ञ डा।जयराम केसी सगैं डा।बरुण राइलेपनि सेवा दिन थालेका छन् ।

clock बिहिबार १९, बैशाख २०८२ १३:२०

प्रतिक्रिया