नयाँ वर्षको उपलक्षमा रुद्राक्ष डायग्नोस्टिकले निःशुल्क मधुमेह तथा किड्नी परीक्षण गर्दै
धनगढी । धनगढीको रुद्राक्ष डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा निःशुल्क मधुमेह तथा किड्नी परीक्षण शिविर सञ्चालन हुने भएको छ । नयाँ वर्ष २०८२ सालको पुर्वसन्ध्यामा रुद्राक्ष डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरले निःशुल्क मधुमेह तथा किड्नी परीक्षण शिविर आयोजना गर्न लागेको हो ।
धनगढीको सेती प्रादेशिक अस्पताल अगाडी रहेको डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरले चैत २८ गते देखी ३१ गतेसम्म निःशुल्क मधुमेह तथा किड्नी परीक्षण शिविर सञ्चालन गर्न लागेको सञ्चालक हरी धामीले बताए ।
शिविरमा थाइराइड, मधुमेह, कलेजो, मिगौला र थप आवश्यक जाँच समेटिने जनाइएको छ । रुद्राक्ष डायग्नोस्टिकले ल्याब सम्बन्धी सम्पूर्ण सुविधा दिँदै आएको छ ।
डायग्नोस्टिकले सरकारी मूल्यमै ल्याबका सम्पूर्ण सेवा दिइरहेको सञ्चालक धामीले बताए । न्यून रकममा गुणस्तरीय सेवा दिने नारासहित सेवा दीइरहेको सञ्चालक धामी बताउँछन्।
सामान्य सुगर जाँच, विभिन्न हर्मोन देखी क्यान्सर समेत पत्ता लगाउने उपकरण डायग्नोस्टिकमा छन्, त्यही अनुसारको ल्याब असिस्टेन्ट, टेक्निसियन र बि.एम.एल.टी गरेका दक्ष जनशक्तिबाट सेवा प्रदान गरिरहेको धामीले बताए ।
अशक्त र फुर्सद नहुनेलाई घरबाटै रगतको नमुना संकलन गर्ने गरीएको सञ्चालक धामीले बताए। ‘हामीले घरमै स्वास्थ्यकर्मी पठाएर रगतको निःशुल्क नमुना संकलन गरिरहेका छौँ,’ उनले भने, ‘उहाँहरूको रिपोर्ट हामीले ह्वाट्सएपमार्फत मोबाइलमै पठाउने व्यवस्था पनि मिलाएका छौँ।’

 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया