अनेरास्ववियु कैलालीले सहिद चेतनदिप अयडी हाजिरी जवाफ प्रतियोगिता गर्ने
धनगढी । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीले सहिद चेतनदिप अयडी हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
अनेरास्ववियु राष्ट्रिय कमिटी पूर्व अध्यक्ष समेत रहेका दिंवगत अयडीको सम्झनामा संगठनले अगामी १९ पुसमा कैलाली बहुमुखी क्याम्पसमा माध्यमिक तह तथा क्याम्प स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको हो ।
संगठनका कैलाली अध्यक्ष कुबेर खड्काले दिवंगत अनेरास्ववियुका नेता अयडीको सम्झनामा विद्यार्थीको क्षमता अभिवृद्धिसँगै भूराजनीतिक अवस्थाबारे जागरण सिर्जना गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिन लागेको जानकारी दिए ।
माध्यमिक तह र क्याम्पस स्तरीय प्रतियोगितामा जिल्लाभरका ३० वटा समूहको सहभागीता रहने उनी बताउँछन् । उनकाअनुसार प्रतियोगिता अन्तरगत पहिलो हुनेलाई नगद ३० हजार, दोश्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
कैलाली बहुमुखी क्याम्पसमा हुने प्रतियोगिताका लागि टिम दर्ता शुल्क एक हजार रूपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया