कैलाली ३ नम्बर क्षेत्रबाट पत्रकार मिश्र सहित नेकपाका ७ जनाको नाम सिफारिस
कैलाली । आगामी फागुन २१ गते तोकिएको निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाले कैलाली क्षेत्र नम्बर ३ बाट सात जनाको नाम सिफारिस गरिएको छ ।
सिफारिस हुनेमा प्रकाश मिश्रसहित ,विरभान चौधरी, लाजुराम चौधरी, विपिन आचार्य, कमल प्रसाद चौधरी रहेका छन् । त्यस्तै महिलातर्फबाट विनीता चौधरी र युवातर्फबाट वीरेन्द्र जिसीको नाम सिफारिस गरिएको छ ।
कृष्ण राज सुबेदीको अध्यक्षमा बसेको जिल्ला कार्यदलको बैठकले एक महिला नव युवासहितका आकाङ्क्षीहरूको नाम केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया