अनेमसंघ अछामको अध्यक्षमा भावना केसी चयन

  सोमबार १०, चैत २०८१ ०८:३४

अछाम । नेकपा (एमाले) को महिला भातृ सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) अछाममा नयाँ नेतृत्व चयन गरिएको छ । सदरमुकाम मंगलसेनमा सम्पन्न नवौं अधिवेशनले भावना केसीको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत नयाँ समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा मोतिसरा भण्डारी र देवसरा खड्का, सचिवमा पुन्ना कुँवर, सहसचिवमा इन्दु पाण्डे, कोषाध्यक्षमा निताकुमारी शाही चयन हुनुभएको छ ।

यस्तै समितिको सदस्यमा गोमा कामी, कविता रावल, सविता रावल, सरिता भण्डारी, भरुदेवी रावल, लक्ष्मीकुमारी बुढा, पशुपति साउँद, विन्दाकुमारी विक र सरिताकुमारी शाही चयन हुनुभएको छ । 

जिल्ला अधिवेशनमा एमाले केन्द्रीय सदस्य तथा अछाम १ का निवर्तमान प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी, जिल्ला अध्यक्ष चन्द्र बोहरा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

clock सोमबार १०, चैत २०८१ ०८:३४

प्रतिक्रिया