सैपाल ग्याँसका ग्राहकलाई घोडाघोडी अस्पतालमा विशेष छुट

  आइतबार २७, माघ २०८१ १४:०२

धनगढी ।  कैलालीको सैपाल ग्याँस प्रा.लि. का ग्राहकलाई घोडाघोडी अस्पतालले विभिन्न सेवामा विशेष छुट दिने भएको छ।

घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको हस्पिटल र सैपाल ग्याँस प्रा.लि. बीच सम्झौता भएसँगै ग्राहकहरूले उपचारमा राहत पाउने भएका छन्।

सम्झौताअनुसार सैपाल ग्याँसका ग्राहकले नियमित ओपीडी सेवा, इन्डोस्कोपी, इको, बेड भर्ना, एक्सरे, इसीजी, प्याथोलोजी, सर्जरी, आइसीयु, एनआइसीयु र क्याबिन लगायतका सेवामा छुट उपलब्ध गराइनेछ।

सैपाल ग्याँस प्रा. लि. ले अन्य अस्पतालहरूसँग पनि यस्तै सहकार्यको योजना अघि बढाउने जनाएको छ। छुट प्राप्त गर्न सैपाल ग्याँस ग्राहक कार्ड अनिवार्य गरिएको छ।

यस्तो छुटको व्यवस्था 

No description available.

clock आइतबार २७, माघ २०८१ १४:०२

प्रतिक्रिया