कैलालीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

  आइतबार १३, पुष २०८२ ०९:५६

धनगढी । कैलालीमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धाको मृत्यु भएको छ । शनिवार साँझ गौरीगंगा नगरपालिका – २ झिल स्थित पूर्व पश्चिम राजमार्गमा सुप प्र ०२–००१ ख १३७३ नम्बरको बसले पैदल यात्री जानकी गाउँपालिका – २ की ८२ वर्षीय तारा देवी पाठक ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बसको ठक्करबाट गम्भीर घाइते भएकी पाठकको उपचारको क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

महाकाली यातायातको उक्त बस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – १ का ३६ वर्षीय भोजराज भट्टले चलाइरहेका थिए ।

clock आइतबार १३, पुष २०८२ ०९:५६

प्रतिक्रिया