सुदूरपश्चिममा २ दिनमा ५३ प्रतिशतले लगाए एचपीभी खोप

  बिहिबार २४, माघ २०८१ १०:०३

धनगढी । सुदूरपश्चिम प्रदेशमा एचपीभी खोप अभियान २०८१ अन्तर्गत दोस्रो दिनसम्म ५३ प्रतिशत किशोरीले खोप लगाएका छन्।

स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारी अनुसार फागुन ४ गते सम्म १ लाख ५१ हजार २५१ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ७९ हजार ७१९ जनाले खोप लगाएका छन्।

किशोरीहरूले पहिलो दिन (माघ २२ गते) ४२ हजार ७१५ जनाले र दोस्रो दिन ९माघ २३ गते० ३६ हजार ९५४ जनाले खोप लगाएका छन्।

clock बिहिबार २४, माघ २०८१ १०:०३

प्रतिक्रिया