एडीबीले सुदूरपश्चिमको विकासका लागि सहयोग र सहकार्य गर्ने प्रतिवद्धता

  बिहिबार ११, जेठ २०८० १२:४४

धनगढी । एसियाली विकास बैंक (एडीबी) ले सुदूरपश्चिमको विकासका लागि बहुआयामिक क्षेत्रहरुमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ। 

एडीबीका नेपालका लागि कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसले सुदूरपश्चिमको पर्यटन, वन पैदावार, धार्मिक स्थलहरुको संरक्षण, कृषि, सडक सञ्जाल विस्तारलगायतका क्षेत्रमा आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाएका हुन्। 

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलगायतसँगको भेटमा उनले धनगढी उपमहानगरपालिकामा सञ्चालित सडक निर्माण कार्यक्रमलाई २ वर्ष थप गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि जानकारी दिइन्। 

बिहीबार एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडसँगको भेटमा राणासँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह, प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, धनगढी उपमहानगरपालिकाका  नगर प्रमुख गोपाल हमाल सहभागी थिए।

clock बिहिबार ११, जेठ २०८० १२:४४

प्रतिक्रिया