बझाङमा बीच बाटोमै सुत्केरी र शिशुको मृत्यु भएपछि परिवारलाई राहत र स्वास्थ्य सुविधाको माग

  बिहिबार २५, पुष २०८१ ०७:३५

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–१ डुडिल टोलमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि उक्त परिवारलाई राहत र स्वास्थ्य सुविधाको माग गरिएको छ ।

सोमबार २१ वर्षीया खिना बोहराको बिच बाटोमै बच्चा जन्माउँदा मृत्यु भएको थियो । उक्त घटनापछि नेकपा (एमाले) केदारस्युँ गाउँपालिका कमिटीले केदारस्युँ गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदै राहत र स्वास्थ्य सुविधाको माग गरेको हो ।

ज्ञापन पत्रमा बर्थिङ सेन्टर स्थापनादेखि गाउँ गाउँमा स्ट्रेचरको माग गरिएको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा अभावले यस्तो घटना दोहोरिन नदिन ठोस कदम चाल्न पालिका कमिटीले गाउँपालिकालाई आग्रह गरेको छ ।

गाउँ कमिटी अध्यक्ष लोकेश भण्डारी, सचिव ललित रावल, जिल्ला कमिटी सदस्य झलक भण्डारी र प्रेम बहादुर मल्लले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापन पत्रमा बुझ्दै गाउँपालिका अध्यक्ष गणेश बोहराले माग सम्बोधन गर्न पहल गर्ने बताएका थिए ।

clock बिहिबार २५, पुष २०८१ ०७:३५

प्रतिक्रिया