दार्चुलाबाट सुत्केरी र शिशुको हेलिकोप्टरबाट उद्धार

  मङ्गलबार ०९, जेठ २०८० १५:४५

दार्चुला । दार्चुलाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी सुत्केरी महिला र शिशुको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

२७ वर्षीया पुष्पा महराको थप उपचारका लागि मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। आइतबार गाउँकै स्वाथ्य चौकीमा महराले शिशु जन्माएकी थिइन्। ७ महिनामै जन्मिएको शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार जिल्ला अस्पताल दार्चुला पुगाइएको थियो।

सो अस्पतालमा शिशुको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकोप्टरबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन। महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

clock मङ्गलबार ०९, जेठ २०८० १५:४५

प्रतिक्रिया