अत्तरियाका गोकर्ण भट्ट रास्वपा प्रवेश

  आइतबार ०६, पुष २०८२ १९:१३

धनगढी । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाई गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रहेका भट्टले १४ कात्तिकमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए । त्यसयता एमालेमा निष्क्रिय रहेका उनी आज रास्वपामा प्रवेश गरेका हुन् । भट्ट एमालेका उपमहासभिव लेखराज भट्टका सहोदर भाइ हुन् ।

यसअघि भट्ट माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय थिए । २०७४ सालमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार थिए, पराजित भए । २०७९ सालमा पनि नगर प्रमुखमै उम्मेदवार भए, चुनाव जित्न सकेनन् । रास्वपामा प्रवेश गर्दै गरेको विषय उनले सामाजिक सञ्जालबाट समेत जानकारी दिएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेतारकार्यकर्तालाई निम्ता गर्दै उनले शनिवार सामाजिक सञ्जालमा लेखेका थिए, ‘मेरो ४६ बर्षको राजनैतिक यात्रालाई अझ उचाइमा पुगाउन, गाउँमा बस्ने सोझा निमुखा जनता जो बिभिन्न राजनैतिक दलका नेताहरुका झुटा आश्वासनबाट आजका दिनसम्म ठगिँदै आइपुगेका दाजुभाइ दिदीबहिनीहरुलाई नयाँ नेपाल निर्माण गर्ने महान यात्राको अगुवाइ गर्ने जनताको प्यारो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बिधिवत रुपमा पार्टी प्रबेश गर्ने कार्यक्रम रहेकोले दाजुभाइ दिदीबहिनीहरु तथा शुभेच्छुक सम्पुर्णमा उपस्थितिकालागी सबिनय निवेदन गर्दछु ।’

clock आइतबार ०६, पुष २०८२ १९:१३

प्रतिक्रिया