कैलालीको गौरीगङ्गामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय बढी लाभान्वित

  सोमबार ०१, पुष २०८१ ०९:२९

धनगढी। कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ६ वनबेवहडामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री समृद्धि युवा क्लबको आयोजना र माया मेट्रो हस्पिटल धनगढी कैलालीको समन्वयमा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको हो । गौरीगङ्गा नगरपालिका वडा नं ६ वनबेहडामा रहेको जुपिटर एकेडेमी नेपालमा सम्पन्न शिविरमा ३१८ जनाले सेवा लिएका छन् । 

शिविरमा नाक, कान घाँटी रोग विशेषज्ञ डा. डी.आर. कँडेल ,हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रितेष पोखरेल, मानसिक तथा नशा रोग विशेषज्ञ डा. दिनेश उपाध्याय , यौन तथा छाला रोग विशेषज्ञ डा। सविन कँडेलबाट निःशुल्क परामर्श सेवा लिएका हुन् । 

यस्तै शिविरमै निःशुल्क औषधी,निःशुल्क सुगर जाँच,निःशुल्क रगत जाँच पनि गरिएको थियो ।

 शिविरको उद्घाटन गर्दै गौरीगङ्गा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष टेक बहादुर कुँवरले एक दिने निःशुल्क स्वास्थ्य शिविरले यस क्षेत्रका नागरिकहरूलाई धेरै राहत पुगेको बताए । उनले विशेषज्ञ सो क्षेत्रका नागरिकले डाक्टरसँग परामर्श लिन धनगढी धाउनुपर्ने अवस्था रहेकाले यो शिविर निकै महत्त्वपूर्ण भएको भन्दै खुसी व्यक्त गरे । 

क्लबका अध्यक्ष बिप्लब सिंह खड्काले क्लबले विभिन्न खेलकुद सँगै सामाजिक कार्यलाई समेत अगाडि बढाउँदै लगिरहेको बताए । उनले सामाजिक कार्य तर्फ विभिन्न समयमा यस्ता शिविरहरू आयोजना गरिरहेको र आगामी दिनहरूमा पनि निरन्तरता दिने जानकारी दिए । 

शिविरमा विशेषज्ञ टिम सहित गौरीगङ्गा पुगेर सेवा दिएको भन्दै उनले माया मेट्रो हस्पिटललाई धन्यवाद ज्ञापन सँगै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । शिविरमा सहभागीले थप उपचारको लागि अस्पतालमा आए विशेष छुट प्रदान गर्ने अस्पतालले जनाएको  छ । 

clock सोमबार ०१, पुष २०८१ ०९:२९

प्रतिक्रिया