सुदूरपश्चिम सरकारको कर्मचारी सरुवामा चलखेल

  शनिबार १७, कार्तिक २०८१ ०८:२२

धनगढी । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकारको कर्मचारी सरुवामा आफैले स्थापित गरेको मापदण्ड खिल्ली उडाउदै व्यापक चलखेल गरेका छन् ।

कर्मचारीको योग्यता, क्षमता, कार्यअनुभव लगाय विभिन्न मापदण्ड बनाएर सुदूरपश्चिम सरकारले सरुवा गर्दै आएको थियो । तर दोस्रो कार्यकालका लागि एमालेसँगको गठवन्धनमा मुख्यमन्त्री बनोका शाहले कर्मचारी सरुवामा व्यापक वेथिति सृजना गरेर ठूलो आर्थिक चलखेल गरेको आरोप लागेको छ ।
 
शाहले कांग्रेस निकट कर्मचारी संगठन नेपाल निजामति कर्मचारी युनियनलाई वेवास्था गर्दै प्रदेश सरकारका राम्रा पदहरुमा एमाले र माओवादी निकटलाई सरुवा गरेका छन् । यसले सुदूरपश्चिमका कांग्रेस लगायत कर्मचारी युनियनहरुले चर्को विरोध गरेका छन् ।
 
कर्मचारी युनियनले सुरुवाका लागि दिएको सुझावलाई शाले ठाडै अस्विकार गर्दै विभिन्न जिल्लाका डिएफओ लगायतमा आर्थिक चलखेल गरेको बताइएको छ । कैलाली, कंचनपुर, ढोटी, डडेल्धुरा लगायतका जिल्लाका डिएफओ सुरुवा मुख्यमन्त्री शाहले आर्थिक मोलमोलाई गरेर गरेको कर्मचारी युनियनको दावी छ ।
 
उनले नेपाली कांग्रेसले सम्हालेको सामाजिक विकास मन्त्रालय अन्तरगतको खरिद शाखाको प्रमुखमा आर्थिक चलखलकै आधारमा एमाले कर्मचारी संगठनको प्रदेश अध्यक्ष कृष्ण शाहीलाई सुरुवा गरेका छन् । त्यसलै प्रदेश सरकारले बनाएको मापदण्ड विपरित भौतिक योजना मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यक्रमको प्रमुखलाई दुई बर्ष पदावधि सकिएपछि पनि पुन सोही ठाउँमा राखेका छन् ।
 
कर्मचारी प्रशासनमा देखिएको वेथितिले सुदूरपश्चिम सरकारको कार्यक्षमतनै निकै कमजोर भएको टिप्पणी हुन थालेको छ ।

clock शनिबार १७, कार्तिक २०८१ ०८:२२

प्रतिक्रिया