कैलाली अस्पतालमै क्यान्सर स्क्रीनिङ्ग तथा किमो सेवा पाइने

  बिहिबार ०८, कार्तिक २०८१ ०७:११

धनगढी । कैलालीको धनगढीमा रहेको कैलाली हस्पिटल प्रा. ली. ले क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ्ग तथा किमो सेवा दीने भएको छ । 

यही कार्तिक २५  गते देखि हरेक हप्ता क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ्ग तथा किमो सेवा दीने भएको हो । 

काठमाडौँको वीर अस्पतालमा कार्यरत डा. सौगात पौडेल र डा. अन्जु केसि आउने कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए । 

उनका अनुसार क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ्ग, किमो सेवा, प्राष्टेट क्यान्सर, ब्रेष्ट क्यान्सर, पेटको क्यान्सर, फोक्सोको क्यान्सर र अन्य क्यान्सरका सेवाहरू उपलब्ध हुने छन् ।

 

clock बिहिबार ०८, कार्तिक २०८१ ०७:११

प्रतिक्रिया