धनगढीका मेयर हमाल भन्छन् ‘अब आउने चुनावमा दलहरू सँग सुदूरपश्चिमको गरिबी घटाउने रोडम्याप माग्नु होला’

  मङ्गलबार १५, पुष २०८२ ०७:३४

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अब आउने चुनावमा दलहरू सँग सुदूरपश्चिमको गरिबी घटाउने रोडम्याप माग्न आग्रह गरेका छन् । पुस १५ र तमु ल्होसारको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले सुदूरपश्चिमको गरिबी झन् बढ्दै गएकाले यहाँको गरिबी घटाउने रोडम्याप नेताहरू सँग माग्न आग्रह गरेका हुन ।

‘राजनीतिक धेरै परिवर्तन भए, सुदूरपश्चिमको विकासको गति भने दयालाग्दो नै छ’ उनले भने ‘हामीभन्दा पछाडि रहेको कर्णाली प्रदेशमा सन २०१९ मा गरिबी दर ३९।५० प्रतिशत रहेको थियो । उसले आफ्नो गरिबिलाई घटाएर २६।६९ बनाएको छ । सुदूरपश्चिममा त्यो बेलामा २५।३ प्रतिशत गरिबी थियो । अहिले बढेर ३४।१६ प्रतिशत गरिबी पुगेको छ ।’

उनले अब आउने चुनावमा सुदूरपश्चिमको गरिबी घटाउने दलहरूको प्लान मागेर मात्रै उपयुक्त पात्र छनोट गर्न आग्रह गरे ।

‘अहिले धेरै चुनावको कुरा आइरहेको छ । चुनावमा नेताहरू आउलान् । अब आम जनताले एउटा कुरा सोध्नुपर्छ के बाध्यता छ भने सुदूरपश्चिमको गरिबी घटाउने रोडम्याप के त रु कुन दलसँग कुन उम्मेदवार सँग के रोडम्याप छ त त्यो माग्नुहोला । त्यस विषयमा अध्ययन गर्नुहोला । यो भएन भने सुदूरपश्चिम कहिले बन्दैन’ उनले भनेका छन् ‘चुनावको बेलामा सुदूरपश्चिमको गरिबी यहाँ पुगेको छ । यसको जिम्मेवार को हो भन्नेतिर नजाऊँ तर, यती गरौँ अब तपाई आउनु भएपछि सुदूरपश्चिमको गरिबी कसरी घट्छ । त्यो प्लान मागेर उपयुक्त पात्र छनोट गर्न पुसे १५ मा यो गफलाई पनि सामेल गराउन म सम्पूर्ण सुदूरपश्चिम बासिमा आग्रह गर्दछु ।’

clock मङ्गलबार १५, पुष २०८२ ०७:३४

प्रतिक्रिया