निर्वाचनका बेला बाेलेका कुरा पुरा गर्न प्रतिबद्ध छु - प्रदेशसभा सदस्य भाट

  मङ्गलबार ०२, जेठ २०८० २२:३८

धनगढी । प्रदेश सभा सदस्य ओमबिक्रम भाट ´सरल` ले निर्वाचनका बेला बाेलेका कुरा पुरा गर्न प्रतिबद्ध रहेकाे बताएका छन् । 

कृष्णपुर नगरपालिका ४ मालुबेला कन्चनपुरमा रहेकाे ग्वासि सामुदायिक वन उपभाेक्ता समूहकाे १९ औं बार्षिकाेत्सब तथा नवाैं साधारण सभामा बाेल्दै उनले साे कुरा बताएका हुन 

उनले बजेट घटेर आउने हुदा एकै बर्षमा सबै काम नसकिने भएपनि आफ्नाे कार्यकालमा सबैमा पूरा गर्ने बताए । 

उनले मालुबेला खाेलाकाे कटान नियन्त्रणका लागि प्रदेश सरकारबाट तत्काल पहल गर्ने बताए । 

अब आउने बजेटमा केन्द्र वा प्रदेशकाे बजेटबाट तटबन्धकाे काम हुने गरि काम गर्ने बताए  । उनले सामुदायिक बनले समुदायमा फलदायी काम गरेकाे बताए ।

ग्वासि सामुदायिक वन उपभाेक्ता समूहका अध्यक्ष खेमराज पाण्डेकाे अध्यक्षतामा सुरु भएकाे कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष अजवसिह रावल थिए । 

clock मङ्गलबार ०२, जेठ २०८० २२:३८

प्रतिक्रिया