डडेल्धुरामा ८ महिनाको कोठा भाडा नतिरेरै सागर ढकाल भागेपछि…
डडेल्धुरा । प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ।
डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ।
‘महिनाको तीन हजारका दरले भाडा हो। असोजदेखिको आठ महिनाको भाडा बाँकी छ,’ उनले भनिन्, ‘पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर बस्नुभएको छ।’
भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्। तर, ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको बताइएको छ। उनी अब करिब २ हप्तापछि मात्रै नेपाल फर्कने बताइएको छ।
गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए।
प्रतिक्रिया