कैलाली अस्पतालको निशुल्क स्वास्थ्य शिविरमा लिए सयौले सेवा

  आइतबार २०, असोज २०८१ ०८:३५

धनगढी । नेपाल औषधि ब्यबसायी संघ र धनगढी स्थित कैलाली अस्पतालले संयुक्त रुपमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा सयौ सेवाग्राहीले सेवा लिएका छन ।

भजनी नगरपालिका ५ कुटि स्थित कर्मेश्वर माबि प्रांगणमा शनिबार भएको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा सहितका डाक्टरहरुले बिरामीको चेकजाँच र औषधि निशुल्क रुपमा बितरण गरिएको स्वास्थ्य शिविरका संयोजन एबम औषधि ब्यबसायी संघ कैलालीका उपाध्यक्ष डम्बर ऐरीले बताए । उनले शिविरमा ३ सय ५० भन्दा बढीले सेवा लिएको बताए ।

कैलाली अस्पतालमा कार्यरत डाक्टरहरुले बिरामी चेकजाँच गरेको बताउदै अस्पतालका अध्यक्ष एबम सुदुरपश्चिम औषधि ब्यबसायी संघका वरिष्ठ उपाध्यक्ष जनकराज जोशीले बिरामीलाई घरदैलोमै उपचार सेवा दिन पाएकोमा खुशी लागेको बताए । 

पैसाको अभावमा सामान्य देखि जटिल खालका बिरामी शरिरमै बोकेर बस्ने बिरामीका लागि निशुल्क रुपमा चेकजाँच औषधि घर दैलोमै पाउँदा बिरामीहरु समेत दंग देखिए । 

भजनी ५ भुरुवाका रश्मि राजीले जचाँउन जानका लागि पैसा र समय नभएका कारण धेरै दिनदेखी रोग दबाएर राख्नु परेको बताए । उनले स्वास्थ्य शिविर गाउँमा आउन लागेको थाहा पाएर आफू जचाँउन आएको बताइन । 

त्यस्तै भजनी चर्चाकै लवस्ती भुर्जीले पैसा नभएका कारण उपचार गराउन बाहिर जान नसकेको बताइन । उनले पनि राजीले जस्तै आफ्नै घर आगनमा शिविर लाग्ने खबरले आफू निकै खुशी भएको बताएन । 

शिविरमा सहभागी स्वास्थ्यकर्मीहरुलाई औषधि ब्यबसायी संघ कैलालीका अध्यक्ष प्रेम बिसिले धन्यवाद सहित आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको बताए । त्यस्तै संविधान सभा सदस्यद्वर हरि ज्ञवाली ९अखण्ड०, बिरमान चौधरी, नेपाल औषधि ब्यबसायी संघका केन्द्रीय सदस्य गया प्रसाद कुश्मी लगायतले खादा तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

clock आइतबार २०, असोज २०८१ ०८:३५

प्रतिक्रिया