रास्वपा र उज्यालो नेपालबीच सहमति जुट्यो, हस्ताक्षरको तयारी

  सोमबार १४, पुष २०८२ १९:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ ।

अहिले सहमतिपत्रको मस्यौदा बनिरहेको स्रोतले बतायो ।

कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा वार्ता भएको हो ।

स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउननेगरी सहमति भएको हो ।

त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ ।

रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ वार्तामा सहभागी छन् ।

clock सोमबार १४, पुष २०८२ १९:४३

प्रतिक्रिया