सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस १६ गते बस्ने

  सोमबार १४, पुष २०८२ १९:०४

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस १६ गते बुधबार बस्ने भएको छ।

आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको हो।

यसअघि ११ गते बस्ने भनिएको बैठक संसद भवन पुर्ननिर्माण पूरा नहुँदा स्थगित गरिएको थियो।

गत भदौ २४ गतेको नवयुवाहरुको आन्दोलनका क्रममा प्रदेश सभामा आगजनी र तोडफोड भएको थियो।

अहिले पुनर्निर्माण गरेर बुधबार प्रदेश सभा आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवाराज जैसीले बताए।

गत भदौ ५ चालु अधिवेशनको बैठक बसेको थियो। त्यसपछि पुस १६ मा बैठक बस्न लागेको हो।

clock सोमबार १४, पुष २०८२ १९:०४

प्रतिक्रिया