नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसभासद् शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी

  आइतबार ३१, बैशाख २०८० १२:२७

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रकरण बाहिरिएपछि शेर्पा फरार रहेका छन् । 

पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे तथा खाँणका तत्कालीन निजी सचिव नरेन्द्र केसी पक्राउ परिसकेका छन् । यो प्रकरणमा ठूला नेताकै नाम जोडिन थालेपछि शेर्पा मोबाइल अफ गरेर फरार भएका छन् ।

भुटानी शरणार्थीका नाममा नक्कली व्यक्ति खडा गर्दै ठगी गरेको भन्दै उनीहरुविरुद्ध अभियोग लगाइएको छ । कांग्रेसका पूर्वसभासद् रहेका शेर्पामाथि पक्राउ परेका बिचौलियालाई हिरासतमै भेटेर नेताहरुलाई बयानमा नपोल्न भनी दबाब आरोप लागेको छ ।

शेर्पा विरुध्द जिल्ला अदालत काठमाडौंबाट शुक्रबार नै पक्राउ पुर्जी जारी भएको हो र प्रहरीले पुर्जी लिएर उनको खोजी गरिरहेको बताइएको छ ।

clock आइतबार ३१, बैशाख २०८० १२:२७

प्रतिक्रिया