अछामी बड्डो र अनुको ‘दुई वचन बोलिजा’ गीतको म्युजिक भिडियो सार्वजनिक

  शनिबार १२, असोज २०८१ ०७:३९

धनगढी । चर्चित कलाकार लालबहादुर धामी (अछामी बड्डो) र मोडल अनु खड्काको मुख्य अभिनयमा रहेको दुई वचन बोलिजा देउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अछामी बड्डो र देवी घर्तीको स्वर तथा लयमा रहेको गीतको म्युजिक भिडियो अछामी बड्डोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतको म्युजिक भिडियोमा अछामी बड्डोसँगको मुख्य अभिनयमा मोडल अनु खड्काले साथ दिएकी छन् ।

पेशाले स्वास्थ्यकर्मी रहेकी खड्का पछिल्लो समय मोडलिङ्कमा पनि स्थापित हुँदै गएकी छन् । राजेन्द्र शाह बिपीको शब्दमा रहेको देउडा गीतको म्युजिक भिडियोको निर्देशन भीम थापा र छायाँकन अमृत उपाध्यायले गरेका हुन् ।

अभिनयमा मुख्य भूमिकामा रहेका धामी र खड्कालाई कलाकारहरु प्रदिप पाल, समिक्षा भट्ट, सागर चन्द ठकुरी, अनु चन्द लगायतले साथ दिएका छन् भने दृष्य निर्माण खप्तड फिल्मस्ले गरेको छ ।

clock शनिबार १२, असोज २०८१ ०७:३९

प्रतिक्रिया