कर्मकाे फल मिठाे

  आइतबार १६, कार्तिक २०८२ ०९:११

हिजाे आज
सपना भित्र खुशी दाैडि रहन्छ ।
विपनामा त खुशी लडि रहन्छ ।
पलपल हरपल संघर्ष गर्दैछु ।
गन्तव्यकाे आशमा निष्कर्ष लेख्दैछु।

कहिलेकाहीँ भाग्यलाई दाेष म दिन्छु।
जहिले नि कर्मकाे विश्वास म लिन्छु ।
यहीँ आशा र भराेसामा सास म लिन्छु।
तैपनि कर्म मैं खुशी लिने जाेसमा हिन्छु।

तर यहाँ सपनामैं सपना सकिन्छ ।
दिन,महिना,बर्ष गर्दै जमाना सकिन्छ।
रातका सपना चङ्गा सरि उड्दा।
विना पतवारका डुङ्गा सरि तैंरिदा।

सपना देख्ने आँखा न रसाई दिउँन ।
कर्म गर्ने हातहरु नदुखि दिउँन।
पलपल हरपल संघर्ष गर्दैछु 
गन्तव्यकाे आशमा निष्कर्ष लेख्दैछु।

दाेधारमा हाेईन संस्कारमा बाँच्न सिके।
सत्कर्म गर्दै इन्तजारमा बाँच्न सिके ।
कर्मकाे फल मिठाे विना काे त के भर।
सत्कर्म गर्ने नै हुन्छ युगयुग अजर अमर।।

हिजाे आज
सपना भित्र खुशी दाैडि रहन्छ ।
विपनामा त खुशी लडि रहन्छ ।
पलपल हरपलका संघर्ष गर्दैछु ।
गन्तव्यकाे आशमा निष्कर्ष लेख्दैछु।

clock आइतबार १६, कार्तिक २०८२ ०९:११

प्रतिक्रिया