सिमल फूल !!
किन ? उडाउछ्यौ बोलीमा सधैं ,
गासेर मोहको सिमल फूल ।
सोच्दछ जीवन किन ? त्यो स्वार्थ ,
विक्रम श्रमको अनौठो भूल ।।
खान्छयौ सधैं किन ? मनका भोका ,
अरु हरुको मन त्यो केप्सुल ।
छोडनु है अज्ञानी नित्य स्वार्थ पाठ ,
गर्नु है अवलोकन विखण्डन कुल ।।
न सिकाउ पाठ नायक नायकिकाको ,
चिप्ले ज्ञानको घर त्यो स्कुल ।
छुट्ला है जन तार सगुण पोल बिजुली ,
होला जीवनको विश्व यो निर्मूल ।।
वहि रहे बोली पवन सिमल फूल ,
होला निकृष्ट स्वभाव अतुल ।
न वहे बस्ती त्यो बाहिर टोल ,
कहिन्छ जगत गुणको बोध अमोल ।।
राख है आधारको नीतिपरक यो ,
जीवन हाम्रो बोध यो झुल ।
हेरि कलाको कविता पेटारा भित्र ,
राख्न कलाको विज्ञान बाकस खोल ।।
कहिल्यै न खसाल्नु रौचिरा भित्र ,
गुनिला तथ्य यी कविका मूल ।
नदिनु उडाइ बोलिमा फुकी ,
गासेर मोहको सिमल फूल ।।
प्रतिक्रिया