गोदावरी–५ गेटामा किराना पसलमा आगलागी
कैलाली । गोदावरी नगरपालिका–५ गेटास्थित निशा ट्रेडर्स नामक किराना पसलमा आज बिहान आगलागी हुँदा पसलभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट भएका छन्। इन्द्रबहादुर देउवाको स्वामित्वमा रहेको उक्त पसलमा बिहान करिब ५ः३० बजे आगो लागेको थियो।
प्रारम्भिक अनुमानअनुसार विद्युत्को लाइनमा आएको सर्टका कारण आगलागी भएको बताइएको छ। आगोले पसलका सबै सामानसहित बिल, कागजात र लेखापत्रसमेत जलेर नष्ट भएको छ।
आर्थिक क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। स्थानीयवासीको सहयोगमा दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया