हाम्रो मनको रावण दहन कैले हुन्छ?
हामी कहाँ हरेक वर्ष लीलामा,
फेरि, श्रीराम जी र लक्ष्मण जी को जन्म हुन्छ, र हामी उत्सव मनाउँछौँ,
फेरि, श्रीराम जी ले शिव-धनु उठाउनु हुन्छ,र रामसीताको स्वयम्बर हुन्छ, र, हामी रमाउछौँ,
फेरि, श्रीराम जी मातापीताप्रति आज्ञाकारी बन्नु हुन्छ,
र, हामी जयकारा लगाउँछौँ,
फेरि, श्रीराम जी बनबास जानु हुन्छ,र हामी नाजुक बन्छौँ,
फेरि, दशरथले पुत्र वियोगमा प्राण त्याग्नु हुन्छ, र, हामी भावुक बन्छौँ,
फेरि, रावणले माता सीताको अपहरण गर्दा हामी आक्रोशित हुन्छौँ,
फेरि, श्रीराम जी र लक्ष्मण जी माता सीताको खोजीमा बन बन भट्किनु हुन्छ,र हामी पीडाले द्रवित हुन्छौँ,
फेरि, श्रीराम जी ले रामभक्त हनुमान पाउँनु हुन्छ,र हामी आशावादी र हर्षीत हुन्छौँ,
फेरि, रावणको दम्भ/लंका जल्छ, र हामी रोमान्चित हुन्छौँ,
फेरि, रावणको क्रोध देखेर हामी भयभीत हुन्छौँ :
(फेरि, रावणको शक्ति देखेर हामी त्रसित हुन्छौँ)
फेरि, विभीषणले रामको साथ दिएको देख्दा तरङ्गीत हुन्छौँ,
फेरि, रावणसँगको युद्धमा हामी आक्रोशित हुन्छौँ,
फेरि, लक्ष्मण मूर्छित हुँदा हामी पनि घोर पीडित हुन्छौँ,
फेरि, दशानन लङ्केश रावण मारिँदा हामी खुशी बेहद हुन्छौँ,
फेरि, रावणको पुतला दहन गरिदा हामी खुशीले गदगद हुन्छौँ,
फेरि, रामराज्य गठन हुँदा हामी उल्लसित हुन्छौँ :
(फेरि, रामराज्य गठन हुँदा हामी हर्षले पुलकित हुन्छौँ।)
तर, हाम्रो मनको रावण दहन कैले हुन्छ?
तर, थोरै नै सही, हाम्रो श्रीराम जस्तो आचरण कैले हुन्छ :
(तर, हाम्रो मनमा श्रीरामको आरोहण कैले हुन्छ?)
तर, अलि अलि नै सही, हामी कहाँ अयोध्या जस्तो वातावरण कैले हुन्छ :
(तर, हाम्रो राज्यमा श्रीरामको शुशासन कैले हुन्छ?)
नोट : ठीक यस्तै यस्तै रामलीला हाम्रो जीवनमा पनि हुन्छ, तसर्थ अज्ञान, भय, दुःख, र दम्भको रावणलाई खुशीसाथ प्रास्थ गरौँ; यसैमा मजा छ!
प्रतिक्रिया