झन् बढ्दै ''परान'' को व्यापार
अघिल्लो शुक्रबार रिलिज ''परान'' लाई दर्शकको बलियो ''वर्ड अफ माउथ'' को साथ मिलिरहेको छ। जसका कारण यो फिल्मले अझ राम्रो व्यापार गरिरहेको छ।
दोस्रो साताको पहिलो शुक्रबार र शनिबार फिल्मले देशभर हाउसफुल व्यापार गर्यो।
यो फिल्मको कुल व्यापारबारे निर्माताले बताएका छैनन्। आधिकारिक रिपोर्ट चलचित्र विकास बोर्डले सोमबार मात्रै सार्वजनिक गर्नेछ।
यो फिल्मको सुरूआती व्यापार न्यून थियो। दर्शकको बलियो वर्ड अफ माउथको साथले फिल्मले पिकअप लिएको निर्देशक दीपक आचार्यले बताए।
''शनिबार त धेरै ठाउँमा टिकट नपाएर फर्किनुपर्ने अवस्था आयो'', उनले भने, ''यो फिल्म हेर्न पारिवारिक दर्शकको भीड छ।''
परानमा नीर शाह, महेश त्रिपाठी, अञ्जना बराईली, पूजा चन्द, प्रविण खतिवडा, केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय छ।
प्रतिक्रिया