धनगढीको गोल्डेन ज्योती स्कुलमा माया मेट्रोको निशुल्क स्वास्थ्य शिविर
धनगढी । कैलालीको धनगढीमा रहेको माया मेट्रो हस्पिटलले धनगढीमै रहेको एउटा स्कुलमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । धनगढी उपमहानगरपालिका वडा नं. १२ जुगेडामा रहेको गोल्डेन ज्योती बोर्डिङ्ग स्कुलमा हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शुक्रबार आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा स्कुलका ३ सय जना विद्यार्थीहरुले सेवा लिएको हस्पिटलका लेखा अधिकृत धर्म बोगटीले जानकारी दिए । उनले स्कुलसँगको समन्वयमा विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको जानकारीका लागी शिविरको आयोजना गरिएको बताए ।
हस्पिटलकी बालशल्य चिकित्सक डाक्टर सुलोचना दाहाल तथा डाक्टर खगेन्द्र सिह धामी लगायतको स्वास्थ्यकर्मीहरुको टोलीले उक्त स्कुलका विद्यार्थीहरुको चेकजाँच गरेको बोगटीले बताए ।
शिविरमा हर्निया, हाईड्रोशिल, फाईरोग्रोसलसिस्ट, एनलफिसर लगायतका रोगहरु विद्यार्थीमा देखा परेको बताउदै उनले त्यस्ता विद्यार्थीहरुको हस्पिटलले विशेष छुटमा उपचार गर्ने समेत बताए ।
प्रतिक्रिया