हिमालयन गौरीशंकर डेन्टलद्वारा निस्शुल्क दन्त स्वास्थ शिविर, २५३ जनाले लिए सेवा

  आइतबार ३०, भदौ २०८१ १३:२५

धनगढी । धनगढीको हिमालयन गौरीशंकर डेन्टलले निस्शुल्क दन्त स्वास्थ शिविर सम्पन्न गरेको छ । गौरीशंकर डेन्टलले शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न गरिएको जनाएको छ ।

निस्शुल्क शिविरमा महिला, पुरुष र बालबालिका गरेर दुई सय ५३ जनाले सेवा लिएको आयोजक संस्था हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रालीका प्रबन्ध निर्देशक रतन एसकेले जानकारी दिए । शिविरमा ४२ जनाको खराव भएको दाँत निकालिएको उनले बताए ।

उनकाअनुसार ५३ जनाको रगत परीक्षण समेत गरिएको थियो । गौरीशंकर डेन्टल बेलाबखत निस्शुल्क शिविर जस्ता सामाजिक उत्तरदायित्वका काम गर्दै आइरहेको छ ।

clock आइतबार ३०, भदौ २०८१ १३:२५

प्रतिक्रिया