आयुर्वेद चिकित्सालयको ट्रान्सफर्मरमा समस्या आएपछि सेवा प्रभावित

  आइतबार ३०, भदौ २०८१ १३:१९

धनगढी । सुदुरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको ट्रान्सफर्मरमा समस्या आएपछि सेवा प्रभावित भएको छ । शुक्रबारदेखी समस्या आएको ट्रान्सफर्मर बन्न नसक्दा सेवा प्रभावित भएको हो । 

हामीसगं भएको ट्रान्सफर्मरमा गत शुक्रबार देखी समस्या आयो चिकित्सालयका सुचना अधिकारी शुरेन्द्र शाहीले भने “के भएको हो अझैँ पत्ता लागेको छैन, म सोही समस्या लिएर बिधुत कार्यालय आएको छु, यहाँबाट प्राबिधिकको टोली गएपछि समस्या पत्ता लाग्छ र ट्रान्सफर्मरको समस्या समाधान हुन कति समय लाग्ने त्यसपछि मात्रै भन्न सकिन्छ ।”

ट्रान्सफर्मरमा समस्या आएपछि बिधुत सेवा अवरुद्ध छ । जसका कारण ओपिडि बाहेक अन्य सेवा दिन सकिरहेको छैन । ल्याव, एक्सरे, पन्चकर्म, पुर्वकर्म लगायतका दैनिक सेवा प्रबाहमा समस्या देखिएको चिकित्सालयले जनाएको छ ।

clock आइतबार ३०, भदौ २०८१ १३:१९

प्रतिक्रिया