कुपोषणको मारमा बाजुराको मुक्तिकोट

  शुक्रबार २९, बैशाख २०८० ११:०९

बाजुरा । कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा गत वर्ष कुपोषणबाट मात्रै ८ जना बालवालिकाको मृत्यु भयो ।

हरेक वर्ष यहाँ कुपोषणका कारण बालवालिकाको मृत्यु हुने गरेको अनमी जानकी न्यौपाने बताउँछिन् । तर कुपोषण रोक्नका लागि कुनै पहल नभएको गुनासो स्थानीयबासिन्दाले गर्ने गरेका छन् ।

गाउँपालिकाले कुपोषणका बारेमा गरेको अध्ययनमा मुक्तिकोट गाउँका ३०८ परिवारमा कुपोषण रहेको पाइएको छ । स्वास्थ्यकर्मी टोली गाउँमा पुगेर चेक गर्दा ३४३ जना कुपोषित फेला परेको गाउँपालिकाले जनाएको थियो । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा छन् ।

कुपोषणमा रहेकामा महिला तथा बालबालिका रहेको पालिकाका सुचना अधिकारी कुबेरबहादुर शाहीले वताएका छन् ।

clock शुक्रबार २९, बैशाख २०८० ११:०९

प्रतिक्रिया