धनगढीमा खुल्यो सबैभन्दा सस्तोमा ''स्वास्थ परिक्षण'' गर्ने ल्याव

  बुधबार २६, भदौ २०८१ ११:०५

धनगढी ।  ‘शरीरको पूर्ण स्वास्थ्य परीक्षण’ का लागि अहिले हेल्थ चेकअप गर्ने ल्यावहरु संचालनमा आउने क्रम चलिरहेको छ । 

हरेक व्यक्ति स्वस्थ रहन स्वास्थ्य परिक्षण अपरिहार्य हुन्छ । विरामीलाई उपचार गर्नुभन्दा अघि स्वाथ्य अवस्था कस्तो रहेछ भनेर थाहा पाउन यस्ता स्वास्थ्य परीक्षण गर्ने गरिन्छ। हाम्रो समाजमा अझै पनि मानिसहरु बिरामी नभै स्वास्थ्य जाँच गर्दैनन् । तर, पछिल्लो समयमा जनमानसमा स्वास्थ्यप्रतिको सजगता र चेतना दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य परिक्षणको क्रम बढ्दो अवस्थामा छ ।

 महङ्गो शुल्कमा स्वास्थ्य परिक्षण गर्न थुप्रै ल्यावहरु भएपनी निम्नबर्गका मानिसका लागि बाध्यता बाहेक  नियमित स्वास्थ्य परिक्षण सहज हुन सकिरहेको छैन । 

यस्तै कुरालाइ मध्यनजर गर्दै रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले धनगढीबाट आफ्नो सेवा शुरु गरेको छ । सबै वर्गले सहज र शुलभ दरमा ल्याव सम्बन्धी सम्पुर्ण सुबिधा पाउने भन्ने उदेश्यले धनगढीको सेती प्रादेशिक अस्पताल अगाडीबाट रुद्राक्ष डायग्नोस्टिकले सेवा शुरु गरेको हो । सरकारी मुल्यमै ल्यावका सम्पुर्ण सेवा दिने उद्देश्य सहित डायग्नोस्टिक शुरु गरिएको सञ्चालक हरि धामीले बताउनुभयो । डेढ करोड बढी लागतमा रुद्राक्ष डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर शुरु गरिएको हो ।

सहरमा समय–समयमा नियमित स्वास्थ्य परीक्षण गराउने चलन बिस्तारै सुरु हुन थालेको छ। आम नागरिकको आवश्यकता बुझेर स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज उपलब्ध गराउने संचालक धामिको भनाइ छ । तिनै मध्येको प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात पूर्ण शारीरिक परीक्षण । होलबडी चेकजाँचबारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के–के जाँच गरिन्छ, के–के कुरामा ध्यान दिनुपर्छ भन्ने चाहिँ जानकारी राखेको पाईँदैन।

 हाम्रो नारानै छ न्युन रकममा गुणस्तरिय सेवा सञ्चालक धामी भन्नुहुन्छ “सोही नारा अनुसार रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरको सेवा शुरु गरेका छौँ, सामान्य सुगर जाँच, बिभिन्न हर्मोन देखी क्यान्सर समेत पत्ता लगाउने उपकरण हामीसगं छन्, त्यही अनुसारको ल्यावका जनशक्ती हामीले राखेका छौँ, ल्याव असिस्टेन्ट, टेक्निसियन र बि.एम.एल.टी गरेका दक्ष जनशक्ती हामीसगं छन्, हामीले सक्दो ल्याव सम्बन्धी सबै सेवा दिन खोजेका छौँ ।” अन्य ल्याव भन्दा निकै कम मुल्यमा सेवा दिइरहेको सञ्चालक धामीको दाबी छ ।

clock बुधबार २६, भदौ २०८१ ११:०५

प्रतिक्रिया