काठमाण्डौँमा पुगेर पनि फुकेन सुदूरपश्चिम सरकारको गाँठो, सरकार बिस्तार अझै अन्योल

  बिहिबार २८, बैशाख २०८० १५:२४

धनगढी । सुदूरपश्चिममा तीन महिना सम्म पनि सरकार बिस्तार हुन सकेको छैन । मुख्यमन्त्री कमल शाहले  सरकार विस्तारका लागि शीर्ष नेताहरू प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर कैलाली फर्किएका छन् । 

काठमाण्डौँ पुगेर शीर्ष नेताहरु भेट्दा पनि मन्त्रालयका विषयमा भागबन्डा नमिल्दा सरकार विस्तारको अझै अन्योल बनेको छ । मुख्यमन्त्री सचिवालय श्रोतका अनुसार दलहरु बिच छलफल चलिरहेकाले केहिदीन भित्र सरकार गठन हुने छ । 

माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका कमल बहादुर शाहले २७ गते भौतिक पूर्वाधार विकास मन्त्रालयका कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीमा नरेश शाहीलाई नियुक्त गरेका थिए । त्यसपछिको तीन महिना सम्म पनि सरकार विस्तार गर्न सकेका छैनन् ।

अहिले सम्म आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अहिले सम्म मन्त्री विहीन छन् । २१ फागुनमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्र अहिले सम्म पनि सरकारमा सहभागी भएका छैनन् । माओवादी केन्द्रले तीन मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालयको दाबी नछोडेपछि अहिले सम्म सहमति हुन सकेको छैन ।

 

clock बिहिबार २८, बैशाख २०८० १५:२४

प्रतिक्रिया