कैलाली अस्पतालमा निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा

  शुक्रबार १४, भदौ २०८१ ०९:१२

धनगढी । कैलालीको धनगढीमा रहेको कैलाली अस्पताल प्रालीमा निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा आएको छ । प्रत्यक महिनाको पहिलो शनिबार निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा आएको हो ।

कन्सल्टेन्ट यूरोलोजिस्ट डा. सुरेन्द्र बस्नेतले उपचार गर्ने कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशिले बताए । 

उपचार गर्दा ओपीडी निशुल्क हुने, प्रोस्टेट सम्वन्धि दुरबिन प्रबिधि द्धारा हुने सम्पुर्ण अपरेसनमा १० प्रतिशत छुट र औषधिमा ५ प्रतिशत छुट, यूरोफ्लोमेट्रीमा २० प्रतिशत छुट तथा रगत, पिसाप, ईसिजि, ईको र एक्सरेमा २० प्रतिसत छुट रेहको  अध्यक्ष जोशिले बताए । 


कसरी थाहा हुन्छ ?

प्रोस्टेट ग्रन्थीको वृद्धिसँगै पिसाबमा अवरोध र मूत्रत्यागमा विभिन्न लक्षण देखापर्ने गर्छ

–पिसाबको धारा  कमजोर हुनु, पिसाब फेर्न बल लगाउनुपर्ने

–पिसाब फेर्दा ढिलो पिसाब आउनु(सुरु गर्न गाह्रो हुनु, पिसाब पोल्नु, दुख्नु र पिसाबमा रगत देखिनु

– पिसाब चुहिनु, थोपाथोपा झर्नु र पिसाब खुल्ने, रोकिने क्रम पटक–पटक हुनु

– पिसाब फेरीसकेपछि पनि पिसाब थैलीमा पिसाब रहेको महसुष हुनु

— रातीमा धेरैपटक पिसाब लाग्नु, आकस्मिक रूपमा पिसाब लाग्नु र केही क्षण पनि रोक्न नसक्नु।,

— कसैमा भने आकस्मिक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिने जस्ता लक्षण देखिन सक्छन ।

clock शुक्रबार १४, भदौ २०८१ ०९:१२

प्रतिक्रिया