कैलालीको अत्तरियाबाट खस आन्दोलन शुरु गरिने

  बिहिबार १३, भदौ २०८१ १५:०४

कैलाली । यहि भाद्र २० गते देखि खस मुक्ति मोर्चाले कैलालीको अत्तरियाबाट आन्दोलन गर्ने तयारी शुरु गरेको छ । अत्तरियामा मुक्ति मोर्चाले घोषणा सभा गर्दै छ ।

आन्दोलन को अगुवाई गरिरहेका बझाङका निर्मल धामिले २० गते जन प्रदर्सन सहित मोर्चा को घोषणा गरिने बताए । उनले खसलाई आर्य समुदायबाट अलग गरिनुपर्ने आफुहरु को माग रहेको बताए ।

१७ प्रतिशत खस समुदाय को अलग्गै पहिचान रहेकाले आफुहरु को राज्य सयंन्त्रमा उपस्थिति कमजोर हुन नदिन आन्दोलन गर्नु परेको धामीको जिकिर रहेको छ ।

उनले भने,' खस आर्य भन्दा अलग नै हो । अन्य सबै समुदायले पाएको जति अधिकार पनि हामिले पाएका छैनौं । अब अहिले खस आर्य एउटै हो भनेर खस समुदाय को राज्य सयंन्त्रमा उपस्तिथि नै छैन ।

त्यसैले यहि कुरालाई स्थापित गर्न हामिले आन्दोलन गर्न परेको हो ।' खस समुदायले मष्टो धर्म मान्दै आएको छ। धामी कै नेतृत्वमा मोर्चा को कार्यालय पनि अत्तरियामा राखिएको छ

clock बिहिबार १३, भदौ २०८१ १५:०४

प्रतिक्रिया