औंसी र तीजलाई लक्षित गरी निसर्गद्धारा हेल्थ प्याकेज सार्वजनिक

  मङ्गलबार ११, भदौ २०८१ २०:५७

धनगढी । धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले हिन्दु नेपाली नारीहरुको महान चाँड तीज र हिन्दुहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।

तीजको अवसरमा सार्वजनिक गरेको हेल्थ प्याकेज भदौ १० गतेदेखि नै कार्यान्वयनमा आइसकेको अस्पतालले जनाएको छ । अन्य समयमा ५ हजार ५५० पर्ने प्याकेजमा तीजको अवसरमा विशेष सहुलियत सहित ३ हजार ८०० कायम गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार यी प्याकेजहरु भदौ ३१ गतेसम्म लिन सकिने छ ।

महिलाहरुका लागी तीज प्याकेज अन्तर्गत गाइने कन्सल्टेन्ट, ओ.पि.डि, सुगर जाँच, सि.वि.सी, क्रेटिनाइन, टि.एस.एच, युरिन रुटिङ, प्याप स्मेर, पेटको अल्टासाउण्ड लगायतका जाँच पर्नेछन् । यो प्याकेज भदौ ३१ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ ।

यस्तै, निसर्ग हस्पिटलले बुबाको मुख हेर्ने दिनको अवसर पारेर पनि प्याकेजको घोषणा गरेको छ । अरु बेला ५ हजार ४५० पर्ने प्याकेजलाई औंसीको अवसर पारेर ३ हजार ८०० कायम गरिएको अस्पतालले जनाएको छ ।

‘फादर्स डे’ प्याकेजमा फिजिसियन कन्सल्टेन्ट, सि.बि.सि, आर.बि.एस, आर.एफ.टि, टि.एफ.टि, इ.सि.जि, छातिको एक्सरे, पेटको एक्सरे, यूरिन रुटिन लगायतका जाँचहरु पर्नेछन् ।

यो प्याकेज पनि भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म कार्यान्वयनमा रहने अस्पतालले जनाएको छ ।

clock मङ्गलबार ११, भदौ २०८१ २०:५७

प्रतिक्रिया