अत्तरिया हस्पिटलमा TFL लेजर प्रबिधिबाट मृगौलाको पत्थरीको उपचार सुरु

  आइतबार ०९, भदौ २०८१ १३:५४

धनगढी । कैलालीको अत्तरीयामा रहेको अत्तरीया अस्पतालमा TFL लेजर प्रबिधिबाट मृगौलाको पत्थरीको उपचार सुरु भएको छ ।

सुदूरपश्चिममै पहिलो पटक अत्याधुनिक प्रबिधि TFL( Thulium Fiber Laser) लेजरबाट मृगौलाको पत्थरीको उपचार (RIRS) सेवा संचालनमा ल्याएको हो । 

लेजरबाट उपचार गर्दा कुनै घाउ चिरा बिनानै उपचार गरिने, रगत नबग्ने, पिडारहित प्रक्रिया, मृगौलालाई कुनै हानी नहुने, सबैभन्दा छिटो रिकभर हुने अस्पतालका संचालक डा. आनन्द पाठकले बताएका छन ।

अत्तरिया हस्पिटलमा संचालनमा आए TFL प्रबिधिबाट उपचार संचालनमा आए सँगै १ महिनाका लागि विशेष छुटको साथमा PCNL कै शुसल्कमा मृगौलाको पत्थरीको उपचार गराउने समेत बताएका छन ।

clock आइतबार ०९, भदौ २०८१ १३:५४

प्रतिक्रिया