भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने शीर्ष नेताबीच सहमति
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने तीन दलका शीर्ष नेताहरूका बीचमा सहमति भएको बताएका छन्।
बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने आफूहरूका बीचमा सहमति भएको बताएका हुन्।
उनले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धतिअनुसार काम गरिरहेको बताए।
त्यस्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषी देखिएकाहरूलाई प्रहरीले नछाड्ने बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए।
उनले प्रहरीले निर्भीतापूर्वक र निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अगाडि बढाइरहेको बताए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया