गृहमन्त्रीलाई भेटेर कांग्रेस तेस्रो पुस्ताका नेताहरूले भने– दबाबमा नपर्नुहोला

  बुधबार २७, बैशाख २०८० १५:३८

काठमाडौँ । कांग्रेसका तेस्रो पुस्ताका नेताहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छानबिन प्रभावित नगर्न आग्रह गरेका छन् ।

कांग्रेसका करिब ३५ जना नेताहरू गृह मन्त्रालय पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिको उच्च तहको नेतृत्व नै मुछिएको र नेताहरू पक्राउ परेका कारण मुद्दा प्रभावित हुने आंशकाले उनीहरू मन्त्री श्रेष्ठलाई भेट्न गएका हुन् ।

कांग्रेस नेता गुरुराज घिमिरेले राजनीतिक दलको नेतृत्वबाट दबाब महसुश गरी प्रक्रिया प्रभावित हुन नदिन आग्रह गरेको बताए  । 

घिमिरे भने, ‘राज्यमाथि गम्भीर अपराधमा संलग्न दोषी उम्किने परिस्थिति नहोस् र छानबिन कतै बाट पनि प्रभावित नहोस् भनेर गृहमन्त्रीलाई भनेका छौं ।’

मन्त्री श्रेष्ठलाई भेट्न जानेमा कांग्रेसका युवा नेताहरूमा घिमिरेसहित गोविन्द पोखरेल, मधु आचार्य, रञ्जित कर्ण, भूपेन्द्रजंग शाहीलगायत करिब ३५ जना थिए ।

clock बुधबार २७, बैशाख २०८० १५:३८

प्रतिक्रिया