पत्रकार विवेकले अभिनय गरेको ठाडी भाका गीत ‘हे दैव’ सार्वजनिक (भिडियोसहित)

  बुधबार १६, साउन २०८१ ११:१२

धनगढी । देउडा गायक भुवन दाहालको स्वरमा रहेको ठाडी भाकाको गीत ‘हे दैब’ सार्वजनिक भएको छ।

साउन १५ गते खीर खाने कार्यक्रमको अवसर पारेर एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो। 

गीतमा सुरेन्द्र संगम डोटेली बड्डो निर्देशक रहेका छन् । भुवन दाहालको आवाजमा रहेको गीत शब्द म्युजिक जगत धामीले दिएका छन् । 

गीतमा पत्रकार विवेक नागरी र प्रिज्मा ठकुराठीले अभिनय गरेका छन्। त्यस्तै राजेश अनुरागीको क्यामेरा तथा अमित बिकको सम्पादन रहेको छ। उक्त गीतलाई “12 Diyo Music” को युटुबच्यानलबाट सार्वजनिक गरिएको हो ।

clock बुधबार १६, साउन २०८१ ११:१२

प्रतिक्रिया