म नेपाल बोल्छु
म नेपाल बोल्छु, गौरवले घमण्ड गर्छु,
सगरमाथाको शिखर जस्तै उचाइ चर्छु।
शान्तिले संदेश लुम्बिनीले दिदै आएको,
दुनियाँलाई माया सद्भभाव सिकाउदै गएको।
मेरो पहाड, मेरो तराई, मेरो हिमाल,
तिन रुप लिएर म छु एक नेपाल।
धेरै भाषाहरू, तर एउटै मात्र स्वर,
नेपाली हौँ हामी एकता को हाम्रो भर ।
कसैले हेप्छ भने, झन् बलियो बन्छु,
इतिहास सम्झेर, साहसमा रम्छु।
म नेपाल बोल्छु, कर्ममा विश्वास राख्छु,
देशकै नाउमा बाँच्छु, देशकै लागि लेख्छु।
प्रतिक्रिया