आशा
खरानी भै सके सारा, राष्ट्रका सपनाहरु।
तैपनि आश गर्दैछन्, बेचारा बबुराहरु।१।
पुर्खाको जो थियो कीर्ति त्यो पनि आज
मासियो।
कालो कलंकको टीका,लागे झैं आज भै दियो।२।
प्रेम सद्भाव नै छैन, युद्ध छन् बस्ती बस्तीमा।
सेवाको नाम नै छैन जम्मै छन् मौज मस्तीमा।३
माया नै छैन माटोको, न आफ्नो जन्मभूमिको।
लोभिएको छ अर्कामा आफ्नो सम्पूर्ण नाश भो
सोचाई नै भयो भिन्नै, सबैको मति फेरियो।
आफ्नो छोडेर अर्काको,द्वारको दास भै दियो५
जिम्मेवारी छंदै छैन, न त कर्तव्यबोध छ।
आफूलाई भए भैगो, मान्छे चैतन्य शून्य छ।६।
पूजा गर्दछ यौटाको, अर्काको पछि लाग्दछ।
चर्चा गर्दछ यौटाको,अर्काको साथ खोज्दछ७
पाखण्डी भइ मान्छेले, नाना जाल बिछाउॅछ।
घस्दै निधारमा टीका, अनेकौं काण्ड गर्दछ।८
चिल्लो बयरको दाना, जस्तै देखिन्छ दुर्जन।
लुकाई ॲाठिलो भित्र,देखिन्छ अति सज्जन।९
मान्छेका बीचमा चर्चा, गर्छ गौतम बुद्धको।
तथापि कर्मले उस्ले, सीको गर्दछ युद्धको।१०।
कस्तो संकटको बेला, आयो होला समाजमा।
एक्लो झैं बस्नु पर्ने भो, सबैले भीडभाडमा ।११
तैपनि निभ्नु नै हुन्न, आशाको दीप क्यै गरी।
आउलान् दिन राम्राका, कालको फेरमा परी१२
प्रतिक्रिया