धनगढीको पशुपति टोलका दुई जनामा हैजा पुष्टि

  शुक्रबार ११, साउन २०८१ ०७:०६

धनगढी । कैलालीको धनगढीमा दुई जना बिरामीमा हैजा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो।

अझै एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य कार्यालयले सर्वसाधरणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। 
 

clock शुक्रबार ११, साउन २०८१ ०७:०६

प्रतिक्रिया