आर्थिक अभाव झेल्दै झलारी आयुर्वेद औषधालय

  शनिबार ०५, साउन २०८१ १४:५३

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १० स्थित  झलारी आयुर्वेद औषधालयलाई आर्थिक अभाव हुँदा सेवा बन्द हुने अवस्थमा पुगेका छन्।

औषधीको व्यवस्था गर्न नसक्दा सञ्चालन हुँदै आएको पञ्चकर्म सेवा बन्द भएको औषधालयका कविराज जयराम शाहले बताए। मालिस तेल विरामीलाई औषधालयबाट निःशुल्क रुपमा उपलव्ध गराइ पञ्चकर्म सेवा सञ्चालन गर्दै आएका थियौं उनले भने, तेल खरिद गर्ने आवश्यक बजेट नहुँदा सेवा बन्द गर्नु परेको छ।

संघीय सरकारबाट अनुदान रकम आउदा विगतमा औषधीको व्यवस्था मिलाउदै आएको उल्लेख गर्नु हुदै उनले हाल संघ, प्रदेश र नगरपालिकाबाट थोरै मात्रै बजेट आउदा विरामीको चाप अनुसार औषधी पुरयाउन पनि धौ धौं भएको बताए। केही पुरानो औषधी मौज्दाद हुँदा बिरामीलाई दिदै आएका छौं उनले भने, केही औषधी सकिएको छ, केही सकिने अबस्थामा पुगेको छ।

संघीय सरकारबाट चालु आबमा ८० हजार बजेट मात्रै औषधालय सञ्चालनका लागि आएको छ। नगरपालिकाबाट बजेटनै विनियोजन गरिएको छ। विनियोजन गर्ने अश्वासन पाईएको औषधालयका कर्मचारीको भनाई रहेको छ। औषधालयमा अम्लपित,पायल्स, उदररोग, स्वासप्रश्वास, बाथ, नशा, छाला सम्बन्धी रोगका विरामी बढी आउने गरेका छन।

आर्थिक वर्ष ०८०र८१ मा दुई हजार नौ सय ८९ विरामीले औषधालयबाट सेवा लिएका छन।औषधालयबाट पुरुष दुई हजार तीन सय ९१ र महिला पाँच सय ९८ ले सेवा लिएका छन। आब ०७९र८० मा छ हजार विरामीले सेवा लिएका थिए। गएको आर्थिक वर्षबाटै बजेटको अभाव हुदा विरामीको सङख्या घटेको बताइएको छ। रासस

clock शनिबार ०५, साउन २०८१ १४:५३

प्रतिक्रिया