कञ्चनपुरमा बेपत्ता युवक मृत फेला

  शुक्रबार २८, असार २०८१ १३:५९

कञ्चनपुर । कञ्चनपुरमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बेलडाँडीस्थित चौधर नदीमा आएको बाढीमा बेपत्ता भएका युवक चौधर नदी बगरमा मृत अवस्थामा फेला हुन्।

असार २३ गते बेलडाडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका थिए। 

चौधरीको ५ दिनपछि चौधर खोलाकै नदी बगरमा विहिबार शव फेला परेको बेलडाडी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दुर्गा चौधरीले बताए।

clock शुक्रबार २८, असार २०८१ १३:५९

प्रतिक्रिया