सुदूरपश्चिमको ३ जिल्लाबाट एकै दिन ९ जना फरार प्रतिबादी पक्राउ

  सोमबार २४, कार्तिक २०८२ ०८:५४

धनगढी । सुदूरपश्चिम प्रदेशको ३ जिल्लाबाट एकै दिन ९ जना फरार प्रतिबादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको १ जना, कञ्चनपुरको ५ र दार्चुलाका ३ जना रहेका छन्। बहुविबाह सम्बन्धी मुद्दामा १ महिना ६ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएका कैलालीको कैलारी गाउँँपालिका–४ के गाउँ बस्ने ४६ वर्षीय मिलाल सुनार रहेका छन्। सुनारलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

यस्तै कञ्चनपुरबाट लागूऔषध मुद्दामा २ महिना ६ दिन कैद सजाय तोकिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडा बस्ने सुरेन्द्रबहादुर बम, सोही मुद्दामा ११ महिना कैद सजाय तोकिएको बेल्डाडी गाउँँपालिका–२ बस्ने २० वर्षीय सुमन साँउद, लागूऔषध मुद्दामै ६ महिना कैद सजाय तोकिएका कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बस्ने २९ वर्षीय मिनबहादुर कुँवर, २९ वर्षीयकै महेश खड्का र सोही ठाँउ बस्ने २७ वर्षीय जगदिश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका पाँचै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उता दार्चुलाबाट लागूऔषध मुद्दामा १२ दिन कैद सजाय तोकिएको दार्चुलाको नौगाड गाउँँपालिका–१ ईयरकोट बस्ने २२ वर्षीय देव सिह ठगुन्ना, सोही मुद्दामै ३ महिना २८ दिन कैद सजाय र २० हजार जरिवाना तोकिएको महाकाली नगरपालिका–४ तल्लासैन बस्ने ५० वर्षीय मोहन सिह बिष्ट र जुवा सम्बन्धी कसुरमा १ महिना कैद सजाय र ३० हजार जरिवाना तोकिएको दुहु गाउँँपालिका–२ बस्ने ३४ वर्षीय जनक वडाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलाको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका यी तीनै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको छ। 

clock सोमबार २४, कार्तिक २०८२ ०८:५४

प्रतिक्रिया