एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

  मङ्गलबार २५, कार्तिक २०८२ ०६:५९

धनगढी । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ । 

मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो । यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ ।

सुदूरपश्चिमले धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो ।

गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स यसपटक भने उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ । 

टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ । 

clock मङ्गलबार २५, कार्तिक २०८२ ०६:५९

प्रतिक्रिया